जेन्जी आन्दोलनमा ३४ जनाले गुमाए ज्यान

काठमाडौंमा जेन्जी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार, देशभरका विभिन्न अस्पतालमा १,३६८ जना घाइते छन् भने ३२१ जना अहिले उपचाररत छन् ।

९४९ जना डिस्चार्ज भइसकेका छन् ।

काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५, एभरेष्ट र फ्रन्टलाइन अस्पतालमा ३–३, अन्य अस्पतालहरूमा १–२ जना मृत्यु भएका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरूले घेरा तोडेपछि प्रहरीसँग झडप हुँदा अन्धाधुन्ध गोली चलेको थियो ।

जसमा घाइते भएका प्रदर्शनकारीलाई अस्पताल पुर्‍याइयो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.