नक्खु कारागारबाट फरार बन्दीलाई आत्मसमर्पण गर्न अपिल

नक्खु कारागार प्रशासनले गत मंगलबार कारागार परिसरबाट फरार भएका थुनुवा तथा कैदीबन्दीहरूलाई तत्काल आत्मसमर्पण गर्न सार्वजनिक अपिल गरेको छ।

कारागार प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै फरार अवस्थाको निरन्तरता रहँदा कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन हुने चेतावनी दिएको छ। साथै, भविष्यमा प्राप्त हुन सक्ने कानुनी अधिकार, सुविधा तथा सामाजिक पुनःस्थापना प्रक्रियामा समेत प्रतिकूल असर पर्न सक्ने भएकाले तुरुन्तै सम्पर्कमा आउन आग्रह गरेको हो।

‘विधि, कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनसँग सम्पर्क स्थापना गरी आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सक्रिय सहयोग पुर्‍याउन सम्पूर्ण फरार कैदीबन्दीहरूलाई अपिल गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रशासनले सम्पर्कमा आउने बन्दीहरूको हकहितको रक्षा गर्दै प्रचलित कानुनी प्रावधानअनुसार पुनःस्थापना प्रक्रियामा आवश्यक सहयोग र सहजीकरण उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.