जेन जी आन्दोलनको क्रममा आगजनीले ध्वस्त भएको सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको काम अब लैनचौरस्थित केशरमहलबाट हुने भएको छ।
शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलका अनुसार भदौ २४ गतेको आन्दोलनबाट मन्त्रालयको भौतिक संरचनामा ठूलो क्षति भएपछि केही समयका लागि केशरमहलबाट मन्त्रालयको सेवा सुचारु गर्न लागिएको हो।
विगतमा शिक्षा मन्त्रालय केशरमहलमै थियो। हाल त्यहाँ केशर पुस्तकालय र सार्वजनिक खरिद तथा अनुगमन कार्यालय सञ्चालित छन्।
सचिव पौडेलका अनुसार आन्दोनलको क्रममा शिक्षा मन्त्रालयमा भौतिक संरचनामा क्षति पुगे पनि कागजपत्र भने सुरक्षित छन्।
Post Views: 156
