चुच्चेपाटीस्थित भाटभटेनीमा ६ जनाकाे शव भेटियो

जेनजी आन्दोलनका क्रममा गत मंगलबार प्रदर्शनकारीले आगजनी गरेको काठमाडौँको चुच्चेपाटीस्थित भाटभटेनीमा ६ जनाकाे शव भेटिएको छ ।

आगोले जलेर क्षत्‌‌विक्षत् भएको अवस्थामा शव फेला परेका हुन्। यहाँ शुक्रबार एउटा शव भेटिएको थियो भने शनिबार थप पाँच वटा शव भेटिएका हुन्।

आगोले क्षतिग्रस्त भाटभटेनीमा ६ जनाको शव फेला परेको प्रहरी वृत्त गौशालाले जनाएको छ। ती शवको पहिचान गर्न सकिने अवस्था छैन।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.