सत्ताको स्वाद लिन आएको होइन, चुनाव गरेर विदा हुन्छु : प्रधानमन्त्री कार्की

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफू सत्ताको रस्वादन गर्न नआएको बताउनु भएको छ ।

सिंहदरबारमा आइतबार पदभार ग्रहण गरेपछि उच्च पदस्थ कर्मचारीसँगको छलफलमा प्रधानमन्त्री कार्कीले ६ महिनामा चुनाव गरेर आफू बिदा हुने बताउनुभयो ।

‘’म रहरले आएको होइन, सडकबाट सुशीला कार्कीलाई जिम्मा देऊ भनेर आवाज उठेपछि म विवश भएँ । म सत्ताको रस्वादन गर्न आएको होइन । मेरो उमेर पनि होइन । ६ महिना मात्रै बस्ने हो । त्यसपछि कुनै हालतमा नबस्ने, काम गरेर मुक्त हुने हो । नयाँ आउने सांसद/मन्त्रीलाई जिम्मेवारी र दायित्व सुम्पने अठोट गरेका छौं । यो अठोटमा सबैको साथविना सम्भव छैन ।” प्रधानमन्त्री कार्कीले भन्नुभयो ।

सर्वोच्च अदालत, सिंहदरबारसहितका महत्त्वपूर्ण संस्थामाथि छानीछानी आक्रमण आगजनी गरिएको भन्दै भौतिक क्षति बनाउन सकिएपनि रेकर्ड, फाइल र विवरण नष्ट भएर यतिखेर शून्यमा पुगेकोमा चिन्ता ब्यक्त गर्नुभयो ।

घटनाको अनुसन्धान गरेर  संरचनाहरु ध्वस्त पार्ने र रेकर्ड मेटाउनेहरुलाई कारवाही गरिने प्रतिवद्धता प्रधानमन्त्री कार्कीले व्यक्त गर्नुभयो ।।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.