त्रिभूवन राजपथ र कान्तिलोकपथ राती बन्द

संघीय राजधानी काठमाडौँ जोड्ने ऐतिहासिक त्रिभूवन राजपथ र छोटो दूरीको कान्तिलोकपथमा रात्रीकालीन सवारी आवागमनमा प्रशासनले रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार साँझ सूचना जारीगरी असोज १७ गतेदेखि २० गतेसम्मका लागि दुबै सडकमा रात्रीकालीन सवारी आवागमनमा रोक लगाएको जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जारी गर्नुभएको सूचनामा कान्तिलोकप हुँदै काठमाडौँ पुग्ने सडकमा बेलुका ४ बजेदेखि बिहान ६ बजेसम्म र त्रिभूवन राजपथ अन्तर्गतको भैंसे–काठमाडौँ खण्डमा बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्मका लागि सवारी आवागनम बन्द गरिएको उल्लेख छ ।

मौसम पूर्वानुमान शाखाले मकवानपुरसहितका जिल्लाहरुमा भारी बर्षाको सम्भावनासहितको सूचना जारी गरेपछि धनजनको क्षति हुन नदिन रात्रीकालीन आवागमन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.