बिपी राजमार्ग भएर गुड्ने सवारी साधन काभ्रेभञ्ज्याङ र मंगलटारमै रोकिए

लगातार ठुलो पानी परेपछि बिपी राजमार्ग हुँदै काठमाडौं प्रवेश गर्ने र उपत्यकाबाट बाहिरिने सवारी साधनलाई रोकिएको छ।

सडकको अवस्था हेरेर सुरक्षाकर्मीको सूचनाका आधारमा सञ्चालन गर्नेगरी अहिले उपत्यकाबाट बाहिरिने सवारी साधनलाई काभ्रेभञ्ज्याङ र उपत्यका बाहिरबाट बिपी राजमार्ग हुँदै काठमाडौं आउँदै गरेका सवारी साधनलाई मंगलटारमा रोकिएको हो।

भकुण्डेबेसी, धुलिखेल र बनेपामा ठुलो पानी परेपछि जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मीले सवारी साधनलाई सुरक्षित ठाउँमा रोकेका हुन्।

पानी पर्नेक्रम रोकिए लगत्तै सवरी साधनलाई बाटोको अवस्था हेरेर छोडिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.