रास्वपाले देशभर सद्भाव यात्रा गर्ने

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर सद्भाव यात्रा गर्ने भएको छ । तिहार लगत्तै हिमाल, पहाड र तराईमा तीन चरणमा सद्भाव यात्रा गर्ने भएको हो।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार आजको बैठकबाट तीन चरणमा सद्भाव यात्रा गर्ने गरी मिति तय गरिनेछ । समाजमा अहिले द्धन्द्ध छ । राज्य र समाजलाई जोड्नुपर्ने छ । मानिसहरूलाई एकअर्कोप्रति विश्वास आर्जन हुने वातावरण बनाउनु छ र एक अर्कोप्रति सद्भाव कायम गर्ने अवस्था सिर्जना गर्नुछ । प्रवक्ता झा ले बताए ।

प्रवक्त झा भन्छन्, ‘हामीले गर्न लागेको सद्भाव यात्राको उदेश्य भनेको मानिसहरूमा एक अर्कोबीच सद्भाव नखलबिलयोस् भनेर हो ।’

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.