सप्तरीमा मन्दिरका पुजारीको गोली हानी ह*त्या

सप्तरीको बोदेबर्साईन नगरपालिका–८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको छ।

शनिवार राति करिब २ः१५ बजे मन्दिर नजिकै आफ्नै कट्टी अगाडि बसिरहेका ७० वर्षीय पुजारी रामदुलार साहमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार ढाडको पछाडिबाट प्रहार गरिएको गोली साहको नाइँटोको छेउबाट निस्किएको थियो, जसका कारण उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनास्थलबाट दुई थान खोका फेला परेको र गोली प्रहार गर्ने व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ। अहिले प्रहरीले घटनाको गम्भीर अनुसन्धान अघि बढाएको र अभियुक्तको खोजी तीव्र पारिएको बताइएको छ।

स्थानीयवासीका अनुसार पुजारी साह वर्षौँदेखि एक्लै मन्दिरमा बस्दै पूजा–पाठ गर्दै आएका थिए। घटनाले गाउँमा त्रास फैलिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.