यात्रु बसमा आगलागी हुँदा कम्तीमा १० जनाको मृ*त्यु

भारतमा हैदराबादबाट बेंगलुरु जाँदै गरेको यात्रु बसमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

आगोमा परेर धेरै जना गम्भीर घाइते भएका छन्। शुक्रबार बिहान कुर्नूल जिल्लाको चिन्ना टेकुरु गाउँ नजिकै बसमा आगो लागेको थियो । आगो लागेर बस पूर्ण रूपमा जलेको छ ।

दुर्घटना हुँदा बसमा लगभग ४२ जना यात्रु थिए। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । त्यसैले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ।

प्रारम्भिक जानकारी अनुसार एउटा मोटरसाइकल बससँग ठोक्किएको । बसको मुनि मोटरसाइकल पस्दा बसको तेलको ट्याङ्कीमा ठोक्किएको थियो, जसका कारण आगो लागेको थियो। यद्यपि, स्थानीय प्रशासनले अहिलेसम्म यो कारणको आधिकारिक पुष्टि गरेको छैन।

दुर्घटनामा दुई बालबालिका र दुई चालक सहित लगभग १९ यात्रुहरू सुरक्षित छन् । प्रहरीका अनुसार सर्ट सर्किट भएर बसको ढोका जाम भयो र केही मिनेटमै गाडी पूर्ण रूपमा आगोमा जल्यो। बाँचेका धेरैजसो यात्रुहरू २५ देखि ३५ वर्ष उमेरका रहेको बताइएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.