गायक बाबुल गिरीविरुद्ध जाहेरी पछि प्रहरी नियन्त्रणमा

गायक बाबुल गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक गायिका नितु पौडेलका आफन्तले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएसँगै प्रहरीले गिरीलाई नियन्त्रणमा लिएको हो।

जाहेरी परेपछि प्रहरीले गिरीलाई बोलाएको थियो। आफैं उपस्थित भएका गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

“जाहेरी परेपछि उहाँलाई बोलाइएको थियो, अहिले उहाँ प्रहरीको नियन्त्रणमा हुनुहुन्छ,” जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले बताए।

शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी पौडेललको ३० वर्षीया वर्षीया पौडेलको उपचारको क्रममा कीर्तिपुर वर्न अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको थियो।

उनको मृत्युपछि दाजु गणेशले गायक बाबुल गिरीविरूद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका छन्। जिल्ला प्रहरी परिसरले जाहेरी अघि बढाइसकेको छ।

गत शनिबार अनामनगरस्थित यम तिलक स्टुडियोमा पौडेलले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन्। पौडेलको शरीरको ६० प्रतिशत भाग जलेको थियो। गायिकाले आत्मदाहको प्रयास गरेपछि गिरीलाई प्रहरीले बोलाएको बखत उपस्थित हुने सर्तमा छोडेको थियो।

पौडेलले शरीरमा आगो लगाएपछि गिरीले निभाउने प्रयास गरेको देखिएको प्रहरीको दाबी छ। गिरी-पौडेलबीच के विवाद भयो र घटना घट्यो स्पष्ट अनुसन्धान गरिने थापाले बताए। सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-६ का ३३ वर्षीय गिरी अनामनगरमा स्टुडियो सञ्चालन गरिरहेका छन्। ३० वर्षीया पौडेल काठमाडौं नागार्जुनकी हुन्।

पौडेलले आत्महत्याको प्रयास गरेलगत्तै प्रहरीले पीडित परिवारका सदस्यसँग सोधीखोजी गरेको थियो। त्यसक्रममा दुबैबीचको विवादबारे परिवारका सदस्यले जानकारी दिन सकेका थिएनन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.