काठमाडौंमा ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन हुने

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी गुडाउने, रातो बत्ति उल्लङ्घन गर्ने तथा सडक लेन तोडफोडजस्ता ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूका लागि ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन गर्ने भएको छ ।

कार्यालयका अनुसार कात्तिक ११ (मंगलबार) देखि रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा भौतिक रूपमा सचेतना कक्षा सञ्चालन हुने छ ।कक्षा सार्वजनिक बिदा बाहेक प्रत्येक दिन निम्न समयमा सञ्चालन गरिनेछ ।
१. बिहान ९:०० देखि १०:०० बजे
२. बिहान १०:३० देखि ११:३० बजे
३. दिउँसो १२:०० देखि १:०० बजे
४. दिउँसो १:३० देखि २:३० बजे
५. दिउँसो ३:०० देखि ४:०० बजे
शुक्रबारका दिन भने बिहान ९:०० देखि दिउँसो २:३० बजेसम्म मात्र कक्षा सञ्चालन हुने जनाइएको छ ।

यसबाहेक, कार्यालय समयमा उपस्थित हुन असहज हुने सेवाग्राहीहरूको सहजताका लागि हरेक शनिबार बिहान १०:०० देखि १२:०० बजेसम्म दुईवटा अतिरिक्त कक्षा सञ्चालन गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्ने चालकहरूलाई अनिवार्य रूपमा सचेतना कक्षामा सहभागी हुन आग्रह गरेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.