सुशासन समितिको बैठक बस्दै 

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्दैछ।

आजको बैठकमा समितिको खानेपानी सरसफाई तथा स्वच्छता उपसमिति ले मधेस प्रदेशमा गरेको स्थलगत भ्रमणको प्रतिवेदनबारे छलफल हुने मुख्य कार्यसूची रहेको छ। 

भ्रमण प्रतिवेदनमाथि छलफल गरी आवश्यक निर्णय लिइने अपेक्षा गरिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.