झलनाथ खनालको आग्रह– अब पार्टी कहिल्यै फुटाउँदैनौँ भनेर सङ्कल्प गरौँ

 पूर्वप्रधानमन्त्री झलनाथ खनालले १० दलको एकता सभामा उपस्थित नेताहरूलाई अब कहिल्यै पार्टी फुट्दैन भनेर सङ्कल्प गर्न आग्रह गरेका छन् । 

भृकुटीमण्डपमा बुधबार भएको एकता सभा भएको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले मञ्चमा उपस्थित नेताहरूलाई सङ्कल्प गर्न आग्रह गरेका हुन् ।

‘आज मञ्चमा उपस्थित सबैले कहिल्यै पार्टी फुट्ने छैन भनेर सङ्कल्प गरौँ । यसभन्दा अगाडि पनि हामीले एकता हेर्‍यौँ । ‘ए कता’ भयो । अब त्यस्तो हुँदैन भनौँ । ‘ए र कता’लाई जोडेर अगाडि बढौँ’, उनले भने, ‘जेनजीको भावनालाई समेत आत्मसाथ गरेर जाऊँ । नेतृत्वदायी समितिमा कम्तीमा ५० प्रतिशत युवालाई ल्याऊँ । एउटा बलियो पार्टी निर्माण गरौँ । नेतामुखी होइन, जनमुखी, वर्गमुखी पार्टी निर्माण गरौँ ।’ 

झलनाथ खनालको आग्रह– अब पार्टी कहिल्यै फुटाउँदैनौँ भनेर सङ्कल्प गरौँ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.