आज नयाँ पार्टी घोषणा गर्दै कुलमान, बालेनको पनि समर्थन

वर्तमान सरकारमा महत्वपूर्ण तीन मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङले सोमबार नयाँ पार्टीको घोषणा गर्दै छन्।

सोमबार दिउँसो निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता हुनेछ। त्यसका लागि यसअघि नै निर्वाचन आयोगमा दर्ता भएको ‘उज्यालो नेपाल पार्टी’को नाम परिवर्तन गर्न आयोगमा निवेदन दिइनेछ।

नयाँ दर्ता गरिने पार्टीको नाम ‘जनसेवा पार्टी’ रहने जनाइएको छ । पार्टी अध्यक्षमा कुलमान नै हुने छन्। उनी अध्यक्ष भएनन् भने पूर्वऊर्जा सचिव डा. अनुपकुमार उपाध्यय हुने सम्भावना छ ।

स्रोतका अनुसार नयाँ बन्ने पार्टीले एक व्यक्ति एक पदको नीतिलाई लागु गर्नेछ। जसअनुसार सरकारमा जानेहरू पार्टीका पदाधिकारीमा बस्ने छैनन्।

पार्टीले कुलमानलाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने बताइएको छ। त्यसैले नयाँ पार्टीको अध्यक्ष सम्भवतः कुलमान हुने छैनन्। उनी पार्टी अध्यक्ष भए प्रधानमन्त्री हुन नपाउने हुनाले त्यसो गर्न लागिएको हो ।

कुलमाननिकट व्यक्तिहरूको आइतबार दिनभरि काठमाण्डुको बौद्धमा बैठक बसेको थियो। सोमबार बिहान फेरि बैठक बस्नेछ। बैठकमा नयाँ पार्टी गठनका लागि सक्रिय रहेका मुख्यमुख्य व्यक्तिहरू सहभागी थिए। बैठकले पार्टीको रूपरेखा तयार पारेको छ।

पार्टीमा काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को पनि समर्थन रहने दाबी गरिएको छ। तर उनी स्वयं भने पदमा रहने छैनन्। बालेनका प्रतिनिधिहरू भने उक्त पार्टीमा संलग्न हुने छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.