फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।

 १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो। किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको छ। समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए। यसलाई सत्य धर्म मुचुल्का भनिन्छ। यो १९८८ वैशाख २४ गते जारी गरिएको थियो। 

किरात समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको २००५ सालमा निधन भएको हो। किरात समाज सुधारमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो।

किराती समुदायको बसोबास रहेका पूर्वी पहाडका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किरात समुदायको बसोबास भएका जिल्लामा फाल्गुनन्द जयन्ती धूमधामका साथ मनाउने गरिन्छ। 

काठमाडौँमा पनि विभिन्न कार्यक्रम गरी किरात समुदायले फाल्गुनन्द जयन्ती मनाउने तयारी गरेको किरात ज्योतिष संघका अध्यक्ष चन्द्रकुमार शेर्माले बताए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.