निर्वाचन लक्षित गाडी खरिद गर्न प्रहरी र सशस्त्रलाई अर्थको अनुमति

आगामी फागुन २१ म हुने भनिएको आमनिर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले २८१ वटा नयाँ गाडी खरिद अनुमति पाएका छन्।

भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा उपद्रवीले प्रहरीका गाडी जलाएपछि अर्थ मन्त्रालयले दुवै सुरक्षा संगठनलाई गाडी खरिद अनुमति दिएको हो।

अर्थले प्रहरीका लागि १७५ पिकअप र ६ वटा कैदी बोक्ने गाडी खरिद बजेट उपलब्ध गराउन स्रोत सहमति दिएको छ।
यस्तै, सशस्त्र प्रहरीका लागि ७० थान पिकअप र २० थान आन्दोलन नियन्त्रण गर्ने सवारी तथा २ वटा एम्बुलेन्स, ३ वटा डिजास्टर रेस्क्यु भ्यान र ५ वटा १२ बाई १२ ट्रक खरिदका लागि बजेट उपलब्ध गराउन स्रोत सहमति दिएको छ।

यीमध्ये प्रहरीले कात्तिक २१ मा बोलपत्र आह्वान गर्दै १०० युनिट पेट्रोल पिकअप गाडी र ६ वटा कैदी बोक्ने भ्यान माग गरेको छ। प्रहरी तथ्यांकअनुसार जेनजी आन्दोलनमा ट्रक र बस ३६ वटा तथा  जिप–कार– भ्यान १२७ वटा जलेका थिए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.