मधेसका प्रदेश प्रमुखले गरे पदभार ग्रहण

मधेसका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पदभार ग्रहण गरेका छन्।

प्रदेश प्रमुख लाभले बिहीबार पदभार ग्रहण गर्दै आफू मधेसको समस्यासँग परिचित भएको बताए। उनले समन्वय र सहकार्य गर्दै सबैले मिलेर मधेस बनाउनुपर्ने धारणासमेत राखे।

लाभलाई संघीय सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश प्रमुखमा नियुक्त गरेका थिए। राष्ट्रपतिबाट उनले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका थिए।_

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.