कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीको पहिरो पन्छाएर दुईतर्फी यातायात चल्ने बनाइएको छ ।
कालीगण्डकी नदीको तिर देखि भगवतिको माझखर्कसम्मको जमिन धाँजा फाटेर पहिरो चलेपछि बिचमा रहेको सडकमा बर्खायाममा अवरुद्ध हुने, सवारी साधन फस्ने र दुईतर्फी गाडी चल्न नसकेर जाम हुने समस्या थियो ।
बेनी–जोमसोम–कोरला सडक योजनाले बर्खा रोकिएपछि यसै हप्ता सडक विभागको डोजर र लोडर परिचालन गरेर पहिरो पन्छाएर सडक फराकिलो पारि दुईतर्फी यातायात चल्ने बनाएको हो ।
Post Views: 76
