नयाँ दल दर्ता गर्ने समय आज सकिँदै

नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदै छ।

फागुन २१ गतेका लागि अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले कार्तिक मसान्तसम्म नयाँ दल दर्ता गर्न समय दिएको थियो।

आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनार्थ भने पुनः दल दर्ता गर्नुपर्ने हुन्छ। आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान समेत गरिसकेको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंसिर १० सम्म राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंसिर ७ गतेसम्म दल दर्ता गर्न आयोगले आह्वान गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.