दुर्गा प्रसाईं संरक्षक रहेका भनिएको ‘नागरिक बचाउ दल, नेपाल’ दर्ताका निम्ति निर्वाचन आयोगमा निवेदन

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं संरक्षक रहेका भनिएको ‘नागरिक बचाउ दल, नेपाल’ दर्ताका निम्ति निर्वाचन आयोगमा निवेदन दिइएको छ ।

यही कात्तिक २३ गते नै निवेदन दिइएको थियो । आइतबार (कात्तिक ३०) उक्त पार्टीका पदाधिकारी आयोगमा उपस्थित भएर सनाखत गरेका छन् ।

नागरिक बचाउ दल, नेपाल’को सभापतिमा झापाका माधवप्रसाद खतिवडा छन् । उपसभापतिमा काठमाडौंका ईश्वरीप्रसाद भट्टराई र झापाका देवीप्रसाद संग्रौला छन् |

यस्तै, महामन्त्रीमा झापाकै प्रेमकुमार थाम्सुहाङ छन् । सहमहामन्त्रीमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का विष्णु क्षेत्री छन् । कोषाध्यक्षमा मोरङकी सुष्मा रेग्मी रिजाल छिन् । प्रवक्तामा पाल्पाका प्रेम थापामगर छन् ।

सदस्यहरूमा भक्तपुरका रामकुमार कार्की, काभ्रेपलाञ्चोकका प्रविन लामा, ललितपुरका शक्तिराज शाही, काठमाडौंका दिवाकरमान सिंह बस्नेत, मोरङकी लुजा राई, झापाकी रेनुकादेवी खरेल, दोलखाकी तुलसाकुमारी खत्री, पर्साका राजेन्द्रबहादुर दमाईं, काठमाडौंका विजय थापा छन् ।

यसैगरी, सदस्यमा गुल्मीका तेजिन्द्र रायमाझी, धनुषाका हरदेव महतो, रामेछापका बलबहादुर तामाङ, भक्तपुरका नवराज दुलाल, तनहुँकी दानुमाया थापा, दाङकी रेणु हमाल शाही, धनुषाका दिनेश पाख्रिन, ललितपुरका राजु श्रेष्ठ र उदयपुरका पुष्पराज भण्डारी छन् ।

दल दर्ताका निम्ति दिइएको निवेदनमा प्रसाईंको नाम उल्लेख छैन ।

निर्वाचन आयोगले भने दल दर्ताको निवेदन प्राप्त भएको खण्डमा कागजात पुगेरनपुगेको हेर्ने र कागजात पुगेपछि दर्ता गर्ने छ । मङ्सिर १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय भएकाले त्यसदिनसम्मै निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएकाले चुनाव लड्न सक्नेछन् ।

प्रतिनिधि सभाको चुनाव आगामी फागुन २१ गतेका लागि तय भएको छ । दुर्गा प्रसाईँ सरकारसँग विभिन्न माग राखेर अभियानमा छन् । उनलाई सरकारले चुनाव लडेर आउन र माग पूरा गर्न समेत आग्रह गर्दै आएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.