आयोगले २८ प्रक्रियामै राखेर गर्‍यो ७ दल खारेज

 निर्वाचन आयोगका अनुसार अहिले कुल १२२ राजनीतिक दल दर्ता भएका छन् ।

आइतबार पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणाका दिन दर्ता भएको यही संख्या अहिले पनि कायम रहेको जानकारी दिए ।

उनका अनुसार यस अवधिमा ७ दल खारेज भएका छन् भने ७ नयाँ दलले दर्ता प्रमाणपत्र प्राप्त गरेका छन् ।

खारेज भएका दलमध्ये एउटा सर्वोच्च अदालतको आदेशअनुसार हटाइएको हो भने बाँकी ६ दल नेतृत्वकै आग्रहमा खारेज भएका हुन् ।

आयोगमा अहिले २८ दल दर्ता प्रक्रियामा छन् ।

भदौ २७ गते प्रतिनिधिसभा विघटनसँगै नयाँ निर्वाचन मिति घोषणा गरिएको थियो ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज नै नयाँ दल दर्ताको अन्तिम दिन भए पनि दर्ता प्रक्रिया नियमित रुपमा जारी रहने भट्टराईले बताए ।

दर्ता प्रमाणपत्र प्राप्त गरेका दलहरूले प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनमा सहभागिता जनाउन पाउनेछन् ।

आयोगले मतदाता नामावली संकलनको काम ५ मंसिरसम्म जारी रहने पनि जनाएको छ ।

शनिबार साँझसम्म २ लाख ८५ हजारले आयोगमा पुगेर सनाखत गराइसकेका छन् भने २ लाखले राष्ट्रिय परिचयपत्रमार्फत आवेदन दिएका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.