नेत्ररोग विशेषज्ञ रुइत ताप्लेजुङमा, १३३ जनाको आँखाको शल्यक्रिया गर्ने

ताप्लेजुङमा सञ्चालित शल्यक्रियासहितको निःशुल्क आँखा शिविर अन्तरगत परीक्षणको दोस्रो दिनसम्ममा १ सय ३३ जनामा मोतियाबिन्दु देखिएको छ। परीक्षणको दोस्रो तथा शिविरको पहिलो दिन शनिबार ६ सय ५३ जनाले आँखाको परीक्षणका लागि नाम दर्ता गराएका छन्। आइतबार १ सय ९७ जनाले नाम दर्ता गराएका थिए।  

नाम दर्ता गराएका ८ सय ५० जनामध्ये १ सय ३३ जनाको आँखाको शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएको आयोजक नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले जानकारी दिए। तिलगंगा आँखा अस्पतालका निर्देशक नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुइत नेतृत्वको टोलीले शल्यक्रिया गर्नुपर्ने बिरामीको आँखाको शल्यक्रिया आइतबार बिहानैदेखि जारी राखेको छ।

नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका फिल्ड आई वर्कर काजीमान थेबेल अबेरसम्ममा कम्तिमा सयजना बिरामीको आँखाको शल्यक्रिया गरिसक्ने गरी तयारी भएको जानकारी दिए।  

डाक्टर सन्दुक र उनका छोरा डाक्टर सागर शल्यक्रियामा संलग्न रहेका छन्। नेपाल नेत्रज्योति संघले शिविर सुरु हुने अघिल्लो दिन आइतबार पनि परीक्षणको सुविधा उपलब्ध गराएको थियो। शल्यक्रिया सेवा भने आतइनबारबाट मात्रै सुरु भएको हो।

बुधवारसम्म चल्ने शिविर नेपाल नेत्रज्योति संघ ताप्लेजुङ मुख्य आयोजक भई तिलगंगा आँखा अस्पताल,तिलगंगा फाउण्डेसन,फुङलिङ नगरपालिका र सेवा फाउण्डेसन समेतको आयोजनामा सञ्चालन भइरहेको छ। 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.