रास्वपाले दियो दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

 राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

सोमबार निर्वाचनमा आयोगमा पुगेर लीमा अधिकारीसहितका नेताहरुले दल दर्ताका लागि आयोगमा निवेदन पेश गरेका हुन् ।

राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि आफूहरुले दल दर्ताका लागि आयोगमा निवेदन दिएको नेतृ अधिकारीले जानकारी दिइन् ।

उनले विधिको शासन, नागरिक सर्वोच्चता र संविधानलाई ट्रयाकमा ल्याउन पनि निर्वाचनमा केन्द्रित हुने निष्कर्षमा आफ्नो पार्टी पुगेको समेत बताइन् ।

नेतृ अधिकारीले भने, ‘हामी निर्वाचन केन्द्रित भएका छौँ । हाम्रा सम्पूर्ण गतिविधि निर्वाचनसँग सम्बन्धित छन् । बैकल्पिक शक्तिहरुको पनि निर्णायक भुमिका खेलिरहेको हाम्रो पार्टी जिम्मेवारी बोधका साथ लागेका छौँ । हामीले विधिको शासन, नागरिकको सर्वोच्चता र संविधानलाई ट्रयाकमा ल्याउन पनि हामी सबै फागुन २१ को निर्वाचनमा होमिनु पर्दछ भन्ने निष्कर्ष निकालेका छौँ ।’

त्यस अवसरमा नेतृ अधिकारीले जेनजी आन्दोलनपछि सबै भन्दा पहिला मुलुकलाई निर्वाचनमा लैजानुपर्छ भनेर माग गर्ने पार्टी नै रास्वपा रहेको दाबी समेत गरिन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.