दलित भन्नेलाई आजीवन कारावासको व्यवस्था गर्नुपर्छ: वामदेव गौतम

 नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले दलित भन्नेहरूलाई आजीवन काराबासको हुने व्यवस्था गर्नुपर्ने बताएका सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले सो प्रस्ताव गरेका हुन् । संविधानमा नै दलित शब्द राख्ने काम पापकर्म भएको जिकिर गर्दै नेता गौतमले सो समुदायलाई होच्याउनको सम्पत्ति जफत गरेर उनीहरूलाई क्षतिपूर्ति हुने गरी कानुनी व्यवस्था गर्न माग गरेका हुन् । संवैधानिक रूपमा नै दलित भन्नु अत्याचार, अमानवीय र पापकर्म हुने भन्दै नेता गौतमले त्यस्तो हुन नदिने गरी अघि बढ्नुपर्ने उनको भनाइ रहेको छ । 

उनले भने, ‘दलित भन्नु यो अत्याचार हो, यो अमानवीयता हो । त्यसलाई हामीले कानुनी मान्यता, संवैधानिक मान्यता दिएका छौ । यो संशोधन गर्नुपर्छ । र, एउटा कानुन यस्तो बनाउनु पर्छ, जहाँ थोरै मात्र पनि कसैले भन्यो, केही व्यवहार गर्‍यो भने त्यसलाई आजीवन काराबास बस्ने व्यवस्था गर्नुपर्दछ । उसको परिवारभित्र हिस्सा लगाएर उसको सम्पत्ति जफत गरेर जसलाई त्यस्तो गरिएको हो, त्यसलाई त्यो सम्पत्ति क्षतिपूर्तिको रूपमा दिनुपर्छ । त्यसरी क्षतिपूर्ति कायम हुन्छ । ल त्यसो गरौँ त एक पटक । सक्नु हुन्छ ? सकिँदैन भने यस्तो छलफल नगरौँ । यो अपराधपूर्ण, पापपूर्ण काम हो । आफ्नो देशको एउटा जनतालाई दलित भनेर मान्यता दिइरहने काम गर्न हुन्न ।’

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.