एक लाख रुपैयाँ घुससहित नापी कार्यालयका दुई कर्मचारी पक्राउ

 नापी कार्यालय वीरगञ्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।

सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

पक्राउ पर्नेमा नापी कार्यालय वीरगञ्जका सर्भेक्षक रामप्रमोद राउत र नापी टोली आदर्शनगरका कार्यालय सहयोगी अरुणप्रसाद उपाध्याय छन् ।

आयोगको टंगालबाट खटेको टोलीले वीरगञ्ज महानगरपालिका-३ आदर्शनगरस्थित नापी कार्यालयबाट उनीहरूलाई सोमबार नियन्त्रणमा लिएको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.