सप्तरीमा मल कालोबजारीको आरोपमा सहकारी सञ्चालक यादव पक्राउ

सप्तरी प्रहरीले रासायनिक मल कालोबजारी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । 

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ३ पोर्ताहा ४५ वर्षीय मनोज कुमार यादवलाई पक्राउ गरेको हो । 

पक्राउ परेका यादव स्थानिर जनता कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक हुनुहुन्छ । 

नेपाल सरकारबाट किसानका लागि सहुलियत दरमा उपलब्ध गराइएको रासायनिक मल कालोबजारी गरी बढी मूल्यमा बेच्नको लागि राखेको विशेष सुराकीको आधारमा २४० बोरा मल सहित आइतबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो । 

उहाँले ना ६ ख ६२८४ नम्बरको ट्रकबाट ५० किलो तौल भएको बोरा १३० थान, ट्रकबाट अनलोड गरी जनता कृषि सहकारी संस्था लिमिटेडको गोदाममा राखेको बोरा ११० गरी जम्मा २४० बोरा मल र ट्रक सहित नियन्त्रणमा लिएको बताउनुभयो ।

 पक्राउ परेका यादवलाई कालोबजारी सम्बन्धी कसुरमा जिल्ला अदालत सप्तरीबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.