शान्तिपूर्ण निर्वाचन सम्पन्न गराएका तनहुँका एसपी राजेन्द्र बाबु रेग्मी कदर पत्र द्वारा सम्मानित

बुटवल ।मंसिर २७

गत मंसिर ०४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्यको शान्तिपूर्ण निर्वाचन सम्पन्न गराएकोमा तनहुँका एसपी राजेन्द्र बाबु रेग्मी धन्यवाद सहित कदर पत्र द्वारा सम्मानित भएका छन्। गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयले मङ्सिर २७ गते आयोजना गरेको एक कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सो कदरपत्र प्रदान गरेका हुन्। “जिल्ला प्रहरी कार्यालय तनहुँ नेतृत्वको सुझ बुझ, जि.प्र.का. मातहत सम्पूर्ण प्रहरी कर्मचारीको सक्रियता र सटिक रणनितिका साथै निर्वाचनमा संलग्न समग्र कर्मचारी तथा म्यादी प्रहरीको सहयोगमा निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको” एसपी राजेन्द्र बाबु रेग्मीले खबर बुटवल लाई जानकारी दिए।

देशैभरी बाट तनहुँ जिल्लामा निर्वाचन सफल गराउने दृष्टिकोणले नमुनाकै रुपमा हेरिएको र प्रहरी मुख्यालय समेतले सो कार्यको प्रशंसा गरेको रेग्मीले बताए। करिब एक बर्षको कार्यकालमा गत बैशाख ३० गते स्थानिय तह र मंसिर ४ गते प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचन एसपी राजेन्द्र बाबु रेग्मी कै नेतृत्वमा सम्पन्न भएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.