करिब १४ महिनाको कार्यकालमा छ पटक पुरस्कृत ।खबर बुटवल

पौष २२ ।बुटवल

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख एसपी राजेन्द्र बाबु रेग्मी गण्डकी प्रदेश प्रहरी कार्यालयबाट पुरस्कृत भएका छन्। गत बुधबार पौष २० गते गण्डकी प्रदेश प्रहरी कार्यालयले तनहुँ जिल्लाका प्रहरी प्रमुख राजेन्द्र बाबु रेग्मी सहित कुल दश जना प्रहरी अधिकृतलाई नगद पुरस्कार सहित सम्मानित गरेको छ। नगद पुरस्कार प्राप्त गर्नेहरुमा प्रदेश प्रहरी कार्यालय गण्डकी मातहतका ४ जना प्रहरी उपरीक्षक, ५ जना प्रहरी नायब उपरीक्षक र १ जना प्रहरी निरीक्षकले जनही रु.१५००/- का दरले नगद पुरस्कार पाएका हुन्।

पुरस्कृत हुनेमा प्रउ राजेन्द्र बाबु रेग्मी(जिप्रका तनहुँ), प्रउ दयानिधि ज्ञवाली(जिप्रका बाग्लुङ्ग), प्रउ जनार्दन जिसी(गप्रप्र गण पोखरा), प्रउ अजय केसी(जिप्रका कास्की) रहेका छन् भने प्रनाउ तिलक भारती(जिप्रका म्याग्दी), प्रनाउ रबिन्द्र नाथ पौडेल(जिप्रका मुस्ताङ्ग), प्रनाउ प्रेम सागर केसी(जिप्रका मनाङ्ग), प्रनाउ कृष्ण बहादुर कार्की(गप्रप्रताके पोखरा), प्रनाउ युवराज भण्डारी(वप्रका बैदाम कास्की) र प्रनि प्रशान्त श्रेष्ठ(ईप्रका गैंडाकोट नवलपरासी-पूर्व ) रहेका छन्।

नगद पुरस्कार प्राप्त गर्ने क्रममा करीब १४ महिनाको कार्यकालमा ६ पटक पुरस्कृत हुने भाग्यमानि तनहुँ जिल्लाका एसपी राजेन्द्र बाबु रेग्मी रहेका छन्। जिल्लाको शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाई नागरिक सेवा प्रवाहमा पटक पटक सफलता हासिल गरि विभिन्न निकायबाट हाल सम्म कुल ६ पटक सम्मानित एवं पुरस्कृत भएका छन्। तत्कालीन डिएसपी रेग्मीले २०७१-२०७२ मा मनाङ्ग जिल्लाको प्रहरी प्रमुख हुदा एके -४७ लगायत भिभिन्न हात हतियार बरामद सहित रेग्मिकै सुचनामा नेपालगंजमा दुई करोड साट्ठि लाख नगद सहित अनुसन्धानको टोलिले मानिस पक्राउ गरेका थिए। राजनैतिक दृष्टिकोणले निकै सचेत एवं चुनौतिपूर्ण जिल्ला तनहुँमा एसपी रेग्मीले स्थानीय तह र प्रतिनिधि एवं प्रदेश सभाको चुनाव शान्तिपुर्ण सम्पन्न गराउन सफल भएका थिए। रेग्मी संगठन प्रति निष्ठावान एवं गैर कानुनि क्रियाकलाप विरुद्ध खरो स्वभावाका अधिकृतको रुपमा परिचित छन्।

संगठनले दिएको जिम्मेवारीलाई अत्यन्त ईमानदार भई उत्कृष्ट ढंगबाट कार्य सम्पादन गरेको पाइएको हुँदा प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरी निजहरुको मनोबल उच्च रहने र अन्य प्रहरी कर्मचारी हरुमा समेत सकारात्मक प्रभाव पर्न गई कार्य सम्पादनमा प्रभावकारिता आउने देखिएकोले सो पुरस्कार प्रदान गरेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.