५० हजार घुस सहित प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्ष सहित अन्य १ जना अख्तियारको नियन्त्रणमा

जिल्ला रुपन्देही, शुद्धोधन गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र सोही गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष भीम बहादुर यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग को कार्यालय बुटवल ले रंगे हात पक्राउ गरेको छ। नदिजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि सेवाग्राहीसँग रु. ५०,०००।– घुस माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, वडा अध्यक्ष भीम बहादुर यादव र बिचौलिया बिनोद भरलाई सेवाग्राहीबाट रु. ५०,०००।– (पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला रुपन्देही, शुद्धोधन गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयबाट मिति २०७९।१२।१६ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी अ दु अ आ को कार्यालय बुटवलले जानकारी गराएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.