जिल्ला रुपन्देही देवदह नगरपालिकाको वडा नम्बर ५ को बार्षिक कार्यक्रम अन्तर्गत मन्टेश्वरी तालिमको शुभारम्भ भएको छ। प्रशिक्षार्थीहरुकै मागमा आधारित र प्रतिबद्धता सहितको रोजगार सिर्जना सहितको यो कार्यक्रम ४५ दिन सम्म संचालन हुनेछ। ४५ दिन सम्मको तालिम पछि १५ दिन स्कुल इन्टरन्शिप हुने र सो पश्चात क्रमिक रुपमा रोजगारीमा जोडने प्रतिबद्धता सहित तालिमको सुरुवात गरिएको हो। आज एक कार्यक्रमका बिच देवदह नगरपालिकाका कार्यबाहक नगरप्रमुख बिद्यालक्ष्मी गुरुङ को प्रमुख आतिथ्यता, नगर प्रवक्ता गणेश डुम्रे , शिक्षा शाखा अधिकृत प्रशुराम ढकाल, वडा सदस्यहरु बिमला दर्लामी , संगीता बि क, साबित्रा पौडेल लगायतको उपस्थिति रहेको थियो। कार्यबाहक वडा अध्यक्ष होमनाथ भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य साबित्रा पौडेलले स्वागत मन्तव्य सहित सहभागिलाई स्वागत गरेका थिए भने तालिममा देवदह-५ निवासी कक्षा १२ भन्दा माथिको उच्च शिक्षा हासिल गरेका र अवसरको खोजिमा रहेका प्रशिक्षार्थीहरुको सहभागी रहेको छ।

