नवलपरासी (ब.सु.पू.) प्रहरीले ल्यायो “सामुदायीक वातावरणीय प्रहरी सेवा” को अवधारणा (pdf फाइल सहित)

जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.पू) ले सामुदायीक-वातावरणीय प्रहरी सेवा (Community Environmental Policing- CEP)

को अवधारणा ल्याएको छ। सामुदायीक वातावरणीय प्रहरी (CEP) वातावरण संरक्षणको लागि समुदायमा आधारित दृष्टिकोण हो । यो अवधारणा ल्याउनुको कारण दिन प्रतिदिन वातावरणमा परिरहेको असर लाई न्यूनिकरण गर्नु हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.पू) अन्तर्गत प्रहरी ईकाइहरु तथा प्रहरी कर्मचारीहरुको व्यवहार वातावरण मैत्री बनाई सम्पूर्ण समुदाय सँग समेत समन्वय गरि वातावरण प्रतिकुल क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउने तथा वातावरण संरक्षण र प्रवर्द्धनका सन्दर्भमा विभिन्न कार्यक्रम संचालन गरि स्वस्थ र सुरक्षित वातावरण सिर्जना गर्नु यस अवधारणाको मुख्य लक्ष्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारी ले बताएका छन।

“सामुदायीक वातावरणीय प्रहरी सेवा” को अवधारणा ” पुरा पढ्नको लागि तलको फाईल हेर्नुहोस।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.