रुपन्देही जिल्ला अन्तर्गत मायादेवी गाउँपालिकाको लोगो डिजाइन गरेबापत सोही कार्यालयका योजना शाखा प्रमुख निरन्जन गुप्ता लाई पालिकाले सम्मान गरेको छ। गुप्ता द्वारा डिजाइन गरेको लोगो पालिकाले मिति २०८० असार ०९ गते स्वीकृत गरेको थियो।
गुप्ताले मायादेवी गाउँपालिका, रुपन्देहीको ऐतिहासिकता, जनजीवन, भूगोल, साँस्कृतिक चिनारी र विशिष्ट प्राकृतिक पहिचान प्रतिविम्बित गरि गाउँपालिकाको लोगो निर्माण गरेका थिए। पालिकाले गुप्तालाई गाउँ सभाको एक कार्यक्रम बिच सो सम्मान सहित कदर पत्र प्रदान गरेको थियो।
Post Views: 444
