डा. मोहनको सक्रियतामा बुटवलमा खुल्यो सुविधासम्पन्न ग्यास्ट्रो सेन्टर

अर्घाखाँची जिल्ला सन्धिखर्क निवासी टंक प्रसाद भुसाल र माया भुसालको छोरा डाक्टर मोहन भुसालको सक्रियतामा बुटवलमा सुविधा सम्पन्न ग्यास्ट्रो सेन्टर सन्चालमा आएको छ। “ग्यास्ट्रो सेन्टर बुटवल प्रा लि” नाम बाट संचालन यस केन्द्रको २०८० मंगसिर १६ गते बुटवल -०६ अस्पताल लाइनमा आधिकारिक समुद्घाटन त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज ग्यास्ट्रोलोजी विभागका विभागीय प्रमुख प्रो. डा. राहुल पाठक द्वारा गरिएको थियो। लुम्बिनी प्रदेशमा यस सेन्टर लाई सुविधा सम्पन्न उपकरण सहित पेट सम्बन्धि उपचार गर्ने पहिलो केन्द्र रहेको दावी गरिएको छ। यस सेन्टर मा COLONOSCOPY, ENDOSCOPY, USG अन्तर्गत पर्ने रोगको उपचार गर्ने जनाइएको छ। डा. मोहन भुसाल ग्यास्ट्रो रोग विशेषज्ञ हुन्। हाल उनि लुम्बिनी प्रादेशिक अस्पतालमा समेत कार्यरत छन्। इन्टरनल मेडिसिन मा एम.डि. र ग्यस्ट्रोएण्टोरोलोजी मा डि. एम. गरेका भुसालले अर्घाखाँची, काठमाण्डौ कार्यरत हुदै हाल बुटवलमा सेवा प्रदान गर्न सुरु गरेका छन्।

ग्यास्ट्रो सेन्टर बुटवलमा कलेजोको फ़ाइब्रोस्क्यान सेवा संचालनको लागि अत्याधुनिक मशिन फ़ाइब्रोटच बाट सेवा दिने साथै बिरामीको सहजताको लागि ग्यास्ट्रो सेन्टर को सम्पुर्ण सेवाहरु बिरामी मैत्री बनाइएको समेत बताइएको छ। भविष्यमा यस सेन्टर बाट इन्डोस्कोपी अल्ट्रासोनोग्राफि सेवा संचालनमा ल्याइने, यस सेन्टर बाट दैनिक पचास भन्दा बढि बिरामी लाई दक्ष मेडिकल तथा प्यारा मेडिकल जनशक्तिहरु द्वारा सेवा दिने योजना रहेको डा. भुसाल ले बताएका छन्।

उक्त ग्यास्ट्रो सेन्टरमा पेट, आन्द्रा, कलेजो तथा पान्क्रीयाज रोगमा IOM बाट DM गरेका डा. मोहन भुसालले दैनिक बिरामी जांच तथा उपचार गर्ने जनाइएको छ। डाक्टर भुसालले UCMS भैरहवा बाट MBBS तथा COMS चितवन बाट MD इन्टरनल मेडिसिनमा दक्षता हासिल गरेका छन्। यस उपचार केन्द्रमा अष्ट्रेलियामा निर्मित PENTAK कम्पनीको Imagine i10c Endoscope जस्ता अत्याधुनिक मशिन द्वारा इन्डोस्कोपी तथा कोलोस्कोपी सम्बन्धि सेवाहरु दिने जानकारी डा.भुसालले बताए। साथै सो सेन्टर बाट ब्याण्डिङ्ग, पोलिपेक्टोमि तथा पेटको क्यान्सर पत्ता लगाउन Biopsy सेवा दिने समेत जनाइएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.