काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको २०८० मङ्सिर महिनाको BEST POLICE OF THE MONTH
को पुरस्कार प्रहरी निरीक्षक नविन पौडेलले पाएका छन्। प्रहरी संगठनमा ईन्स्पेक्टर पौडेल व्यवसायिक अधिकृत मानिन्छन। प्र.नि. पौडेलले आफ्नो जिम्मेवारी लाई सुझबुझ र परिपक्वताका साथ् काम गरेको बिगत का पोस्टिङ्ग बाट प्रष्ट हुन्छ। पौडेलले ई.प्र.का. गणेशपुर कपिलवस्तु, जर्गाह नवलपरासी, ई.प्र.का. बेलहिया रुपन्देही , अपराध अनुसन्धान महाशाखा जस्ता महत्त्वपूर्ण ठाउँमा निकै कुशलता पुर्वक कार्य सम्पादन गरेर आफ्नो क्षमता देखाएका छन्। ई.प्र.का. बेलहिया रुपन्देही मा हुदा लुम्बिनी प्रदेशको उत्कृष्ट अनुसन्धान अधिकृत को पुरस्कार, जर्गाह नवलपरासी मा हुदा उत्कृष्ट कमाण्डो प्रशिक्षक र कमाण्डो तालिमको All round First जस्ता पुरस्कार पाएका थिए प्र.नि. पौडेल ले।अवैध हतियार, लागु औषध, अवैध सुन तस्करी जस्ता गतिविधिमा कुशलता पुर्वक अपरेशन गरेको मा प्र.नि. पौडेल लाई २०८० मङ्सिर महिनाको उक्त पुरस्कार बाट पुरस्कृत गरिएको हो।
जर्गाहमा कमाण्डो तालिम प्राप्त गरेपछि ४ वर्ष सोहि ठाउँमा बसेर ३ वटा कमाण्डो तालिम र ३ वटा प्रहरी निरीक्षक आधारभूत तालिमको ट्यक्टिकल तालिम समेत गराएका पौडेल आफुलाई आफ्नो निजि जीवनमा समेत निकै चुस्त र दुरुस्त राख्ने गर्दछन। चुस्त दुरुस्त स्वास्थ्य भएमा मात्र प्रहरीले व्यवसायिकता देखाउन सक्ने र परिस्थिति लाई मध्ये नजर गरि सहि निर्णय लिन सकिने प्रहरी को दैनिकी बुझाई पनि हो। प्रहरी संगठन आफैमा शारीरिक चुस्त दुरुस्ताताको मूल हो र तालिममा जस्तै शारीरिक चुस्त दुरुस्तता फिल्डमा पनि आवश्यक रहन्छ ।
Post Views: 527
