‘राजसंस्था शुभेच्छुक समूह, युरोपवासी नेपाली’द्वारा राजसंस्थासहितको प्रजातन्त्रको आह्वान

युरोप, चैत्र २५ –
युरोपमा बसोबास गर्ने नेपालीहरूले गठन गरेको ‘राजसंस्था शुभेच्छुक समूह, युरोपवासी नेपाली’ ले नेपालमा राजसंस्थासहितको सबल प्रजातन्त्र स्थापनाको लागि आह्वान गरेको छ।

समूहका संयोजक सागर सुवेदीले एक प्रेस विज्ञप्ति जारी गर्दै मुलुकको चुनौतीपूर्ण वर्तमान परिस्थितिमा आम नेपालीको समृद्धिको सपना साकार पार्न र स्थायित्वको बाटो पहिल्याउन राजसंस्थासहितको प्रजातन्त्र आवश्यक रहेको उल्लेख गरेका छन्।विज्ञप्तिमा सुवेदीले मानव अधिकारको पूर्ण रक्षा, प्रजातन्त्रको सबलीकरण, र वाक स्वतन्त्रताको सुनिश्चितताका लागि नेपाली जनताले आफैंले निर्माण गरेको राजसंस्थासहितको प्रजातन्त्र अब ढिलो नगरी पुनःस्थापित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

समूहले राष्ट्रको हित र जनताको हितलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने सबै राजनीतिक दल, संस्था तथा अभियन्ताहरूप्रति नैतिक समर्थन रहने स्पष्ट पारेको छ।यसै सन्दर्भमा, उक्त समूहले राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा काठमाडौंमा आयोजना गर्न लागिएको जनसभामा सहभागी भई आफ्नो राष्ट्रप्रेम र समर्थन प्रकट गर्न सम्पूर्ण देशभक्त नेपालीहरूलाई आग्रह पनि गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.