काठमाडौं, २०८१ चैत २५ – ट्राफिक प्रहरी परिसर ललितपुर, भक्तपुर, कोटेश्वर तथा बी एण्ड बी अस्पताल प्रा. लि. बीच विशेष स्वास्थ्य सेवा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। उक्त सम्झौताले ट्राफिक प्रहरीका अधिकारीहरू र उनीहरूका परिवारका सदस्यहरूलाई बी एण्ड बी अस्पतालमा प्रत्येक उपचार सेवामा २५ प्रतिशत छुट प्रदान गर्ने व्यवस्था गरिएको छ।
चैत २५ गते सम्पन्न हस्ताक्षर कार्यक्रममा बी एण्ड बी अस्पतालका चिकित्सा निर्देशक प्रा. डा. अशोक कुमार बाँस्कोटाको विशेष उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।
उक्त समझदारी कार्यान्वयनका लागि ट्राफिक प्रहरी निरीक्षक श्री भूपेन्द्र गिरि, श्री प्रदीप खत्री र श्री सूर्यप्रसाद पौडेलले सहकार्य गरेका थिए। यो सहमति स्वास्थ्य सेवा पहुँचलाई सहज, सुलभ र गुणस्तरीय बनाउने उद्देश्यले गरिएको बताइएको छ।
सम्झौतापछि अस्पताल तथा प्रहरी प्रशासनले आपसी सहकार्य र विश्वासलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। यस कदमबाट ट्राफिक प्रहरी परिवारले गुणस्तरीय उपचार सेवा सुलभ रूपमा पाउने आशा गरिएको छ।
