रुसको सुदूर पूर्वमा रहेको कामचट्का क्षेत्रको तट नजिकै आइतबार शक्तिशाली भूकम्प गएको छ ।
उक्त भूकम्पको केन्द्रबिन्दु जमिनबाट १० किलोमिटर तल थियो । भूकम्पको तीव्रता रेक्टर स्केलमा ७.४ मापन गरिएको थियो। भूकम्पपछि सुनामीको चेतावनी पनि जारी गरिएको छ । भूकम्पपछि प्रशान्त सुनामी चेतावनी केन्द्रले रुसको कामचट्का प्रायद्वीपको लागि चेतावनी जारी गरेको छ ।
कामचट्का प्रायद्वीप भौगोलिक दृष्टिकोणबाट धेरै सक्रिय क्षेत्र हो । यसलाई ‘प्यासिफिक रिङ अफ फायर’ को भाग मानिन्छ । यो क्षेत्र दर्जनौँ सक्रिय ज्वालामुखीहरूले घेरिएको छ । टेक्टोनिक प्लेटहरूको मिलन बिन्दुमा भएकोले पनि यहाँ प्रायः मध्यमदेखि गम्भीर भूकम्पहरू आउँछन् ।
Post Views: 117
