विवाह गर्न नमानेको झोकमा एक युवाले प्रेमिकाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले विवाह गर्न नमानेको रिसको झोकमा रामेछाप जिल्ला मन्थली नगरपालिका-१३ का ३७ वर्षीया सन्तोष सुनारले प्रेमिकाको हत्या गरेको जनाएको छ ।
प्रहरीले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रेमीकाको हत्या गर्ने सुनारलाई सार्वजनिक गरेको हो । कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले प्रेमिका हत्यामा संलग्न सुनारले काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका-१ डाँडाखर्क घर भई हाल बनेपा नगरपालिका-९ नयाँबस्ती बस्ने ३३ वर्षकी शर्मिला उप्रेतीलाई विवाह गर्न प्रस्ताव गरेको र उनले नमानेपछि रिसको झोकमा योजनाबद्ध रुपमा हत्या गरेको बताउनुभयो ।
Post Views: 88
