एनआरएनए यूकेको निर्वाचन सम्पन्न, नयाँ नेतृत्व चयन (नामावली सहित)

लन्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ। जुलाई २६ मा सम्पन्न निर्वाचन मार्फत नयाँ कार्यसमिति चयन गरिएको छ, जसमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्दै अनुभवी तथा सक्षम व्यक्तित्वहरू विजयी भएका छन्।

नव-निर्वाचित पदाधिकारीहरूप्रति समस्त युकेवासी नेपाली समुदायले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिरहेका छन्। निर्वाचनमा उत्साहपूर्वक सहभागी भई मतदान गर्ने सम्पूर्ण मतदाताहरूप्रति आभार प्रकट गरिएको छ।

निर्वाचित पदाधिकारीहरूको विवरण यसप्रकार छ:

राजेन्द्र पुडासैनी – अध्यक्ष

दिवाकर पाण्डे – महासचिव

उज्वल कार्की र रक्षा थापा – उपाध्यक्ष

रामप्रसाद कंडेल – स्कटल्यान्ड क्षेत्रबाट NCC UK उपाध्यक्ष

डि. एन. खराल र कृण्ण देवकोटा – सचिव

बिष्णु खरेल, तुंग भद्र भुषाल, छबिलाल अर्याल – अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य

राम माया थापा – इङ्ग्ल्यान्ड राज्य परिषद् अध्यक्ष

यस नयाँ नेतृत्व टोलीबाट एनआरएन अभियानलाई अझ सशक्त र प्रभावकारी बनाइने विश्वास गरिएको छ। सबै पदाधिकारीहरूको सामूहिक प्रयासले युकेमा रहेका नेपालीहरूबीच एकता, सहभागिता र सशक्त प्रतिनिधित्वको विकास हुने अपेक्षा गरिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.