एनआरएनए जापानमा सुभाष लामिछाने अध्यक्ष निर्वाचित

गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको अध्यक्ष पदमा सुभाष लामिछाने विजयी भएका छन्। आइतबार सम्पन्न निर्वाचनमा उनले ७ हजार १ सय ५२ मत प्राप्त गर्दै आफ्ना प्रतिद्वन्द्वी सिद्धार्थ श्रेष्ठलाई पराजित गरे। श्रेष्ठले ५ हजार १ सय ९३ मत प्राप्त गरेका थिए।

वरिष्ठ उपाध्यक्ष पदका लागि भएको मतदानमा निवर्तमान महासचिव टिकाराम खरेलले ६ हजार ४ सय १८ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी, निवर्तमान उपाध्यक्ष कृष्ण गैरे शर्माले ५ हजार ९ सय २७ मत प्राप्त गरेका थिए।

उपाध्यक्ष पदमा भएको मतदानमा मुक्तिराम खनाल (विनोद) ८ हजार ७ सय २ मतसहित, दिलिप कंडेल ६ हजार ९ सय ४९ मतसहित र दिपक सुनार ६ हजार १ सय १ मतसहित विजयी भएका छन्। अन्य प्रतिस्पर्धी नारायण सुवेदीले ५ हजार ९ सय २८, दिपेश खत्री (केसी) ले ५ हजार ७ सय ८३ र रुद्र मल्ल (मनोज) ले ३ हजार ५ सय ७२ मत प्राप्त गरे।

क्षेत्रीय उपाध्यक्ष पदमा विष्णुप्रसाद सुवेदी (विश्व) विजयी बनेका छन्। उनले आफ्ना प्रतिद्वन्दी हरिप्रसाद कंडेललाई ६ हजार ९ सय ८३ मत ल्याएर पराजित गरे, भने कंडेलले ५ हजार ३ सय ६२ मत प्राप्त गरे।

महासचिव पदमा श्याम कुमार श्रेष्ठ (श्याम शितल) ६ हजार ३ सय ८४ मतसहित विजयी भएका छन्। निवर्तमान प्रवक्ता विश्वास गौतम (खगराज) ले ५ हजार ८ सय ६३ मत प्राप्त गरे।

सचिव पदमा नेत्र पाण्डेले ८ हजार ८ मत प्राप्त गर्दै निर्वाचित भए भने डिल्ली प्रसाद सापकोटा (विष्णु) ले ५ हजार ८ सय ६३ मतसहित सचिव पदमा निर्वाचित भए।

क्षेत्रीय सचिव पदमा सागर कार्की सबैभन्दा बढी मतान्तरसहित विजयी भए। उनले ८ हजार ५ सय १५ मत प्राप्त गर्दै आफ्ना प्रतिद्वन्दी ज्ञानेन्द्र भट्ट (ज्ञानु) लाई ४ हजार ६ सय ८५ मतको अन्तरले पराजित गरे। भट्टले ३ हजार ८ सय ३० मत प्राप्त गरे।

कोषाध्यक्ष पदमा मुक्तिराज रेग्मी निर्वाचित भएका छन्। उनले ५ हजार ७ सय ८६ मत प्राप्त गर्दै प्रतिस्पर्धी कृष्णप्रसाद पोखरेल (बाबु) लाई ३ हजार ५३१ र राकेश लामालाई ३ हजार २८ मतमा सीमित पार्दै विजयी भए।

क्षेत्रीय सह–कोषाध्यक्ष पदमा सन्दिप जिसी ४ हजार ४२४ मतसहित निर्वाचित भए। सोही पदमा रमेश गिरिले ४ हजार २९ र नासिरदीन मियाले ३ हजार ८९२ मत प्राप्त गरे।

सदस्य पदमा मिलन अर्याल, कमलेश जीसी, नबिनदीप गुरुङ, रमेशराज जैसी, निराजन मल्ल, कृष्णप्रसाद भूसाल, भिमबहादुर बुढाथोकी, सुरेश सापकोटा र प्रकाश सापकोटा विजयी भएका छन्।

महिला उपाध्यक्षमा अञ्जु भण्डारी, महिला सचिवमा ललिता तामाङ, सह–कोषाध्यक्षमा कामाना भण्डारी, महिला संयोजकमा मञ्जु गिरी, महिला सदस्यमा इश्वरी अर्याल र सन्तोषी अधिकारी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.