आशान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

आशान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक भएको छ।

शनिबार युट्युबमा सार्वजनिक ट्रेलरमा मध्यमवर्गीय परिवारले सहरमा गर्नुपरेको संघर्षको कथा प्रस्तुत गरिएको छ।

फिल्मको मुख्य भूमिकामा निर्देशक आशान्त शर्मा स्वयं छन्। साथमा मेनुका प्रधान, आभास अधिकारी, मिरा खड्का, कुन्दुन शाक्य, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङलगायत कलाकारहरूले अभिनय गरेका छन्।

निर्देशक शर्माकै कथा रहेको फिल्मको यसअघि ‘ऐया नि हो’,  ‘जाम त भने कुन बाटो जाम त’ बोलको गीत र टिजर सार्वजनिक भइसकेको छ। 

सरद महतोले छायांकन गरेको फिल्म विनोद पाण्डेको सम्पादनमा बनेको छ। वेज प्रालिको प्रस्तुति रहेको फिल्मका निर्मातामा गोपिनी शेडाइँ र कृष्ण प्रसाद पंगेनी शर्मा छन्। सह–निर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा तथा युगविजय पंगेनी शर्मा छन्।

फिल्म ‘ताराहरू’ आगामी भदौ ६ देखि प्रदर्शन हुनेछ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.