विद्यालय शिक्षा विधेयकको विरोध गर्दै निजि विद्यालयको प्रदर्शन

 प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनले गुणस्तरीय शिक्षा-निजी विद्यालयको प्रतिबद्धता संघीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको नीतिका विरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका छन्। उनीहरुले सोमबार माइतीघर मण्डलामा भेला भई प्रदर्शन गरेका हुन्।

माइतीघरमा भेला भएर हातमा कालोपट्टी बाँधेर नारा लगाउँदै उनीहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोध गरेका हुन्।

विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्री उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, विद्यालयहरूलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने लगायतका माग उनीहरूले राखेका छन्।

साथै उनीहरुले राज्यले शिक्षकको ठूलो भार, निजी विद्यालयले लाउँदैछन् पार, गुणस्तरीय शिक्षा निजी विद्यालको प्रतिवद्धता, समग्र शिक्षाको विकास, राष्ट्र निर्माणको आधार जस्ता प्लेकार्डहरु समेत नारा लगाएका थिए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.