आइतबार सुटकेसभित्र मृत भेटिएकी माधव नारायण नगरपालिका-६ माधोपुरकी ३० वर्षीया रुबी देवी साहको मृत्यु प्रकरणका अभियुक्तले आत्मदाहको प्रयास गरेका छन्।
अभियुक्त सोही ठाउँका लक्ष्मण पासवानले आफ्नै घरमा आत्मदाहको प्रयास गरेको एसपी नेत्रमनी अधिकारीले जानकारी दिए। उनका अनुसार डिएसपी राजु कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ।
प्रहरीका अनुसार उनको ३० प्रतिशत भाग जलेको छ। उनलाई गौर अस्पताल लैजान लागिएको जनाइएको छ। प्रहरीका अनुसार रुबी र लक्ष्मण पूर्व प्रेमी-प्रेमिका भएको पाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Post Views: 139
