प्रा.डा. ग‍ोविन्द केसीले फेरि सत्याग्रह सुरु गर्ने

प्रा.डा. ग‍ोविन्द केसीले फेरि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्। 

डाक्टर केसीले बिहीबार बिहान वक्तव्य जारी गरी सरकारले हालै निजी मेडिकल कलेजका लागि सिट बढाएको विरोधमा यही भदौ १५ गते सत्याग्रह सुरु गर्ने जानकारी दिएका हुन्। 

गत साउन ३० गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले मेडिकल शिक्षामा १ हजार ३५९ सिट बढाएको हो। 

‘मेडिकल शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा प्रत्यक्ष नकारात्मक असरपार्ने प्रधानमन्त्री (नेता) र आयोगका पदाधिकारीले हालै गरेका स्वार्थपरक निर्णयले गरिबको मात्र होइन बुद्धिजीवी, पत्रकार लगायत सबै नेपालीको स्वास्थ्य प्रभावित हुन्छ। मानव जातिको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेकै स्वास्थ्य हो। गुणस्तरीय, निशुल्क तथा सस्तो शिक्षा तथा स्वास्थ्य सेवामा सबै नेपालीको समतामूलक पहुँचको सुनिश्चितताको लागि लड्दै आयौँ र लडिरहने छौँ’, डा केसीले वक्तव्यमा लेखेका छन्, ‘सरकारको हालैको सो निर्णय फिर्ता लिन हामीले गरेको बारम्बार अनुरोधको बेवास्ता भएकोले सत्याग्रह गर्ने घोषणा गरेका थियौँ, शारीरिक अशक्तताको बाबजुद भदौ १५, २०८२ का दिन सत्याग्रह सुरु गर्ने जानकारी गराउन चाहन्छौँ।’

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.