काठमाडौँसहित विभिन्न स्थानमा ४ जना मृत फेला

 काठमाडौँसहित देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।

  • काठमाडौँ महानगरपालिका-८ पशुपति आर्यघाट नजिकै सतलमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।  
  • सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ स्थित झुप्रा खोलामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । 
  • बारा, महागढीमाई नगरपालिका-८ थलही पुल नजिकै बाटो छेउमा सोही ठाउँ बस्ने ३५ वर्षीय जितेन्द्र गिरी बुधबार मृत अवस्थामा फेला परेका छन् । 
  • बझाङ, जयपृथ्वी नगरपालिका-१ स्थित डुङ्ग्री खोलाको कुयापानी भन्ने स्थानमा सोही नगरपालिका-१ भण्डार बस्ने ५५ वर्षीय राम चन्द्र बोहरा बुधबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.