अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण प्रक्रिया सम्बन्धमा चार बुँदे सहमति

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र नेपाल विज्ञापन बोर्डबीच अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण प्रक्रिया सम्बन्धमा चार बुँदे सहमति भएको छ।

नेपाल पत्रकार महासंघले पेश गरेको ज्ञापनपत्रको आधारमा मन्त्रालयका सचिव र महासंघका अध्यक्षसहित अन्य पदाधिकारीको उपस्थितिमा छलफल गरी सहमति गरिएको हो।

अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३ को दफा ६ अनुसार दर्ता भएका अनलाइन सञ्चार माध्यमले प्रत्येक आर्थिक वर्षको अन्त्यपछि ६ महिनाभित्र नवीकरण गराउनुपर्ने व्यवस्था छ।

यस्ता छन् सहमति

-प्रेस काउन्सिल नेपाल र नेपाल विज्ञापन बोर्डले अनलाइन सञ्चार माध्यमको सूचीकरण यथावत राख्ने गरी मन्त्रालयसँग पत्राचार गर्ने।

-सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र सोही अवधिसम्म जारी गर्ने।

-छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०४८ को संशोधन अनुसार तयार पारिएको दोश्रो संशोधन नियमावली, २०८२, १५ दिनभित्र स्वीकृत गर्ने पहल मन्त्रालयले गर्ने।

-नयाँ अनलाइन सञ्चार माध्यम दर्ताका लागि प्राप्त निवेदनलाई सूचना तथा प्रसारण विभागले क्रमसंख्या सहित संकलन गर्ने।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.