अख्तियारको कर्मचारी हुँ भन्दै १ करोड माग्ने दुई जना पक्राउ 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै १ करोड माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पटक–पटक फोन गरी रकम नदिए तुरुन्तै पक्राउ गर्ने धम्की दिइएपछि पीडितले उजुरी दिएपछि प्रहरीले मिति २०८२ भदौ १७ गते काठमाडौं महानगरपालिका–१४ कलङ्कीबाट दुई जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरूमा डोटी शिखर नगरपालिका–९ सुन्ड घर भई हाल कीर्तिपुर बस्ने २७ वर्षीय लक्ष्मण पनेरु र झापा हरिनगर गाउँपालिका–७ घर भई हाल सुकेधारा बस्ने ५४ वर्षीय विनोद साह रहेका छन्। जिल्ला काठमाडौं टोखा नगरपालिका–८ का एक स्थानीयलाई ‘तपाईँ र तपाईको परिवारको नागरिकता नक्कली रहेको छ’ भनी धम्काउँदै, अख्तियारका कर्मचारीको परिचय दिँदै कारबाहीबाट बच्न १ करोड रुपैयाँ माग गरिएको प्रहरीले जनाएको छ । 

उनीहरूको साथबाट ४ थान विभिन्न कम्पनीका मोबाइल, २ लाख नगद र सेतो रङ्गको फिगो फोर्ड कम्पनीको कार बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई आवश्यक थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.