सामाजिक सञ्जाल बन्दको प्रक्रिया अघि बढ्यो, प्राधिकरणले सेवाप्रदायकलाई पठायो पत्र

नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्दको प्रक्रिया अघि बढेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशन अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार साँझ सबै सेवा प्रदायकलाई पत्राचार गर्दै सामाजिक सञ्जाल बन्द गर्न निर्देशन दिएको छ ।

प्राधिकरण स्रोतका अनुसार सञ्चार मन्त्रालयको निर्देशन अनुसार निर्णय गर्दै सेवा प्रदायकलाई निर्देशसहितको पत्र पठाइएको हो । उनीहरूलाई इमेलमार्फत् पत्राचार गरिएको प्राधिकरण स्रोतले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.