जेनजी घाईतेहरुले सिभिल अस्पताल भरियो

जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीले गोली चलाएपछि धेरै प्रदर्शनकारी घाइते भएका छन्। सिभिल अस्पतालको इमर्जेन्सीले नधानेपछि ओपीडीमा समेत राखेर उपचार भइरहेको छ। 

सबैको उपचार गर्न अस्पताल असमर्थ देखिएको भन्दै अन्यत्र रिफरका लागि एम्बुलेन्स पठाउन आग्रह गरिएको छ। अस्पतालमा कार्यरत एक चिकित्सक डा सुवास बन्जाडेले डेढ सय भन्दा बढी घाइतेको उपचार भइरहेको बताए। 

उनले  अस्पतालमा घाइतेहरुको भिडभाडले थामिनसक्ने अवस्था आएको  बताए।  अन्य अस्पतालमा घाइतेलाई लैजानका लागि एम्बुलेन्सको लागि सार्वजनिक अपिल गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ। 

अस्पतालका मेडिकल डाइरेक्टर डा दिपक पौडेलका अनुसार एकजना घाइतेको मृत्यु भइसकेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.